२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका– २० बसन्तपुरका ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई गिरफ्तार गरेको छ । सिमराको एक होटेलबाट आरोपित हकलाई ०८२ माघ ४ गते गिरफ्तार गरेपनि माघ ८ गते सार्वजनिक गरेको सिमरा इलाका प्रहरी कार्यालयका डिएपी वेद जोशीले बताए ।
आरोपित हक बारा जिल्ला अदालतका पूर्व वैतनिक वकिल (कानुन व्यवसायी) रहेको प्रहरीले जानकारी दिएको छ । पीडित महिलाको अनुसार आफन्तलाई फोन गरी घटनाको सुचना दिए पश्चात आफन्तले प्रहरीलाई खबर गरेको थियो।
महिलाको स्वास्थ्य परीक्षण माघ ४ गते प्रादेशिक अस्पताल कलैयामा भयो ।