जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।
लागू औषध मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको दमकमा हिरासतमा रहेको अवस्थामा ०८२ भदौ २४ गते भागेका दमक नगरपालिका–५ का २० वर्षीय प्रविण लिम्बूलाई प्रहरीले माघ ४ गते गिरफ्तार गरेको हो ।
हिरासतबाट भागेका लिम्बूलाई दमक नगरपालिका–४ स्थित आस्था टोलबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।