२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–७ का २० वर्षीय कृष्ण योक्पाङदेनलाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८२ माघ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २ गते गरिएको छ ।