INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारबाट भागेका एक जना थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार झुम्काबाट भागेका एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।

झुम्का कारागारमा लागू औषध मुद्दामा पुर्पक्षमा रहेको अवस्थामा ०८२ भदौ २४ गते भागेका साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको हो ।

झुम्का कारागाबाट भागेर घरमा लुकीछिपी बसिरहेको अवस्थामा लिम्बूलाई ०८२ माघ २ गते धनकुटा नगरपालिका–९ मुलघाट क्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त इन्स्पेक्टर किशोर तामाङले बताउनु भयो ।

गिरफ्तारीमा परेका लिम्बूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईश्वर थापा

अन्य

भिडियो