निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै कर्णाली प्रदेशका १० ओटै जिल्लामा ०८२ माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।
आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ०८२ माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन सम्बन्धी कार्यहरु गर्ने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु नियुक्त गरेको थियो ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार दैलेखका २ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले निर्वाचन आचार सहिंता पालनामा कडाईका साथ पालना गराइने बताउनु भयो ।
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तको उपस्थितीमा निर्वाचन कार्यालयको उद्घाटन गरिएको हो ।
हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । डोल्पा जिल्ला प्रतिनिधि बिष्णुप्रसाद देवकोटाका अनुसार बिरेन्द्रदेव भारतीको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जाजरकोट जिल्ला प्रतिनिधि बासुदेव शर्माका अनुसार न्यायधीश दुर्गाप्रसाद खनालको उपस्थितिमा सदरमुकाम खलंङ्गा स्थित भेरी नगरपालिका–३ अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रुकुमपश्चिम जिल्ला प्रतिनिधि जीवन खड्काका अनुसार जिल्ला समन्वय समितिको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार जिल्ला न्यायाधीश कुलप्रसाद दाहालको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सल्यान जिल्ला प्रतिनिधि रामचन्द्र रेग्मीका अनुसार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सुर्खेतमा प्रदेश निर्वाचन आयोगको कार्यालयभित्र जिल्ला न्यायाधीश दीपक ढकालको उपस्थितीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । त्यस्तै मुगुमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यलय सदरमुकाम गमगढी स्थित जिल्ला अदालत मुगु परिसरभित्र रहने गरी स्थापना गरिएको छ । मुख्य निर्वाच्न अधिकृत निमबहादुर कुवरको उपस्थितीमा कार्यालयको स्थापना गरिएको हो ।
कर्णाली प्रदेशमा ३८ प्रतिशत मतदानस्थल अतिशंवेदनशिल रहेका छन् । ९ सय ६१ ओटा मतदानस्थल रहेको कर्णालीमा ३ सय ६३ ओटा अतिसंवेदनशील, ४ सय २९ ओटा संवेदनशील र १ सय ६९ ओटा सामान्य रहेका छन् ।
कर्णालीमा १२ ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई ओटा र अन्य जिल्लामा एक–एक ओटा निर्वाचन क्षेत्र रहेका छन् ।