INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बाल विवाह गरेको कसुरमा जिल्ला अदालतले ब्रहमपुरी गाउँपालिका–८ का १९ वर्षीय अमरनाथ कापरलाई ०८२ पुस २९ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्र राज काफ्लेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै तीन वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले जानकारी दिनु भयो ।

आरोपित कापरले युवतिलाई ललाइफकाइ गरी बालविवाह गरेको भन्दै वैशाख ५ गते पीडित पक्षले आरोपितविरुद्ध  उजुरी दिएको थियो । ०८२ वैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको पीडित पक्षले जानकारी दिनु भयो ।

बुधन साह

अन्य

भिडियो