प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले १ हजार ९ सय सात मतदानस्थल र ४ हजार २ सय ७० ओटा मतदान केन्द्र तोकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३५ लाख ७४ हजार ३ सय १० जना मतदाताका लागि १ हजार ९ सय सात मतदानस्थल र ४ हजार २ सय ७० ओटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले ०८२ फागुन २१ गते गर्न लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका २८ ओटा निर्वाचन क्षेत्रमा १७ लाख ४६ हजार ४३ जना महिला, १८ लाख २८ हजार २ सय १३ जना पुरूष र अन्य २४ गरी कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता छन् ।
ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार प्रतिनिधिसभाको एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८० ओटा मतदानस्थल र १ सय १७ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४२ हजार ४२ जना महिला र ४८ हजार २ सय ८५ जना पुरूष मतदाता गरी ९० हजार ३ सय २७ जना मतदाता छन् ।
सङ्खुवासभा इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ९ ओटा मतदानस्थल र १ सय ६४ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ५७ हजार ४ सय ५८ जना महिला र ६२ हजार १ सय ७२ जना पुरूष मतदाता गरी १ लाख १९ हजार ६ सय ३० मतदाता छन् ।
सोलुखुम्बु इन्सेक प्रतिनिधि अञ्जु कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय २३ ओटा मतदानस्थल र १ सय ३८ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३५ हजार ७ सय १३ जना महिला र ३७ हजार २९ जना पुरूष मतदाता गरी ८५ हजार ५ सय १५ जना मतदाता छन् ।
ओखलढुङ्गा इन्सेक प्रतिनिधि सरस्वती बानियाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८४ ओटा मतदानस्थल र १ सय ५७ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ५८ हजार ८१ म्हिला मतदाता र ६४ हजार ६ सय ३४ जना पुरूष मतदाता गरी १ लाख २२ हजार ७ सय १५ जना मतदाता छन् ।
खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ३६ ओटा मतदानस्थल र १ सय ९५ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ६९ हजार ४ सय ६४ जना महिला मतदाता र ७७ हजार ६ सय ५६ जना पुरूष मतदाता गरी १ लाख ४७ हजार १ सय २० जना मतदाता छन् ।
तेहृथुम इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५६ ओटा मतदानस्थल र ९३ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३५ हजार ५ सय १० जना महिला मतदाता र ३७ हजार ६ सय २७ जना पुरूष मतदाता गरी ७३ हजार १ सय ३७ जना मतदाता छन् ।
भोजपुर इन्सेक प्रतिनिधि गणेश विष्टका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८७ ओटा मतदानस्थल र १ सय ५४ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ५९ हजार २ सय ५३ जना महिला मतदाता र ६४ हजार १ सय २५ जना पुरूष मतदाता छन् । अन्य मतदाता एक जनासहित जिल्लामा १ लाख २३ हजार ३ सय ७९ जना मतदाता छन् ।
धनकुटा इन्सेक प्रतिनिधि ईश्वर थापाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १९ ओटा मतदानस्थल र १ सय ६६ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ५८ हजार ९ सय ४२ जना महिला मतदाता र ५९ हजार ४ सय ८३ पुरूष मतदाता गरी १ लाख १८ हजार ४ सय २५ जना मतदाता छन् ।
पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय २ ओटा मतदानस्थल र १ सय ७९ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ६६ हजार ८१ जना महिला मतदाता र ७४ हजार ३ सय २८ जना पुरूष मतदाता गरी १ लाख ४३ हजार ४ सय ८ जना मतदाता छन् ।
इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ५० ओटा मतदानस्थल र २ सय ९० ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा १ लाख १२ हजार १ सय ५८ जना महिला मतदाता र १ लाख १९ हजार ६ सय ४८ जना पुरूष मतदाता छन् । अन्य मतदाता तीन जनासहित जिल्लामा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता छन् ।
झापा इन्सेक स्रोत व्यक्ति नरेश खातीका अनुसार पाँच ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ सय ८५ ओटा मतदानस्थल र ८ सय १५ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३ लाख ५५ हजार १ सय १८ जना महिला र ३ लाख ५८ हजार ३ सय ४६ जना पुरूष मतदाता छन् । अन्य मतदाता आठ जनासहित जिल्लामा ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता छन् ।
मोरङ इन्सेक प्रतिनिधि विनोद सुवेदीका अनुसार ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ सय ६ ओटा मतदान स्थल र ८ सय ८८ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३ लाख ८३ हजार ३ सय ५७ जना महिला मतदाता र ३ लाख ९९ हजार ६ सय ८६ जना पुरूष मतदाता छन् । अन्य मतादाता सातसहित जिल्लामा ७ लाख ८३ हजार ५० जना मतदाता छन् ।
सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवका अनुसार चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ६७ ओटा मतदानस्थल र ६ सय २४ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा २ लाख ८६ हजार ६ सय ९१ जना महिला मतदाता र २ लाख ९४ हजार २ सय ५२ जना पुरूष मतदाता छन् । अन्य मतदाता दुई जनासहित जिल्लामा ५ लाख ८० हजार ९ सय ४५ जना मतदाता छन् ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय ३ ओटा मतदानस्थल र २ सय ७५ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा १ लाख १३ हजार ५ सय २८ जना महिला मतदाता र १ लाख १७ हजार ४३ जना पुरूष मतदाता छन् । अन्य दुई जना मतदातासहित जिल्लामा २ लाख ३० हजार ५ सय ७३ जना मतदाता छन् ।