INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरु सामान्य उपचारका लागि जिल्ला अस्पताल जानुपर्ने बाध्यता

अर्घाखाँची कारागारमा एक जना पनि स्वास्थ्यकर्मी नहुँदा सामान्य रुघा खोकी, ज्वरो, टाउको दुखाई जाँच उपचारकालागि पनि कैदीबन्दीहरुलाई जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता छ ।

कारागारमा रिक्त रहेको स्वास्थ्यको दरबन्दी तथा एक जना स्वास्थ्यकर्मीको बारेमा इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सरोकारवालाहरु बिच पटक पटक आवाज उठाउँदै आउँदा पनि अझै सुनाई हुन सकेको छैन ।

कारागारमा कैदीबन्दी राख्न सकिने क्षमताका हिसाबले २५ जना महिला र १ सय २५ जना पुरुषहरु गरी १ सय ५० जनाको क्षमता भएको कारागारमा हाल जम्मा ९२ जना कैदी बन्दी रहेका छन् ।

कारागारमा पुरुषको सङ्ख्या ८६ जना र महिलाको सङ्ख्या ६ जना गरी ९२ जना मध्ये कैदी ८३ जना र बन्दी नौ जना रहेका छन् । कुनै आश्रित बालबालिकाहरु नभएका कारागार कार्यालयका सहायक रमेश भट्राईले जानकारी दिनु भयो ।

भूमिकास्थान नगरपालिका– ४ धारापानी कल्लेरी बस्ने ३१ वर्षीया विष्णुदेवी पौडेलले मानसिक डिप्रेशनका कारण आङ्खनै चार वर्षीया छोरीको हत्या गरेको अभियोगमा ०८२ मंसिर १४ गते पूर्पक्षका लागि थुनामा आएकी र मंसिर १६ गते मासिक रोग उपचारको लागि मानसिक अस्पताल केन्द्रीय कारागार काठमाडाँै पठाएको सहायक भट्राईले जानकारी गराउनु भयो ।

कारागारका कैदीबन्दीहरुको सीप क्षमता विकास गर्न ०८२ मंसिरमा १५ दिने विभिन्न अचार बनाउने तालिम सम्पन्न भएको र कारागारमा रहेका कतिपय कैदीबन्दीहरुमा धागो, बाँसबाट बन्ने सामानहरु बनाउन उनीहरुलाई प्रोत्साहन गर्न प्रयास गर्ने गरेको कारागार प्रमुख श्यामहरी भट्टराईले बताउनु भयो ।

प्रमुख भट्टराईका अनुसार कारागारका कैदी बन्दीहरुका लागि राज्यबाट पाउने सेवा सुविधाहरु उपलब्ध गराउने, स्वच्छ पिउने पानी सरसफाइका लागि नियमित सफा पानीको व्यवस्था, कैदी बन्दीहरुलाई कुनै स्वास्थ्य समस्या भएर जाँच उपचारका लागि समय सुरक्षा मिलाएर नियमित जिल्ला अस्पताल लैजाने गरेको, स्वास्थ्य तथा मनोरञ्जनको खेलकुदका सामग्री र श्रव्यदृष्यका लागि टेलिभिजनको सुविधा उपलब्ध गराइएको र कारागार भित्र बसाई व्यवस्थापनमा उल्लेखनीय समस्या नभएको बताउनु भएको छ ।

कूल बहादुर नेपाली

अन्य

भिडियो