प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता कायम भएका छन् ।
निर्वाचन आयोगले ०८२ फागुन २१ गते गर्न लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका २८ ओटा निर्वाचन क्षेत्रमा १७ लाख ४६ हजार ४३ जना महिला, १८ लाख २८ हजार २ सय १३ जना पुरुष र अन्य २४ गरी कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता कायम भएका हुन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशमा १ हजार ९ सय ७ ओटा मतदानस्थल र ४ हजार २ सय ७० ओटा मतदान केन्द्र कायम गरिएको छ ।
ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार प्रतिनिधिसभाको एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ९० हजार ३ सय २७ जना मतदाता कायम भएका छन् । जसमा महिला मतदाता ४२ हजार ४२ जना र पुरूष मतदाता ४८ हजार २ सय ८५ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
सङ्खुवासभा इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख १९ हजार ६ सय ३० मतदाता छन् । जसमा महिला मतदाता ५७ हजार ४ सय ५८ जना र पुरुष मतदाता ६२ हजार १ सय ७२ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
सोलुखुम्बु इन्सेक प्रतिनिधि अञ्जु कार्कीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ५ सय १५ जना मतदाता छन् । जसमा महिला मतदाता ३५ हजार ७ सय १३ र पुरुष मतदाता ३७ हजार २९ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
ओखलढुङ्गा इन्सेक प्रतिनिधि सरस्वती बानियाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख २२ हजार ७ सय १५ जना मतदाता छन् । जसमा महिला मतदाता ५८ हजार ८१ र पुरुष मतदाता ६४ हजार ६ सय ३४ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ४७ हजार १ सय २० जना मतदाता छन् । जसमा महिला मतदाता ६९ हजार ४ सय ६४ जना र पुरुष मतदाता ७७ हजार ६ सय ५६ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
तेहृथुम इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १ सय ३७ जना मतदाता छन् । जसमा महिला मतदाता ३५ हजार ५ सय १० जना र महिला मतदाता ३७ हजार ६ सय २७ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
भोजपुर इन्सेक प्रतिनिधि गणेश विष्टका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख २३ हजार ३ सय ७९ जना मतदाता छन् । जसमा महिला मतदाता ५९ हजार २ सय ५३ जना पुरुष मतदाता ६४ हजार १ सय २५ जना अन्य मतदाता एक जना छन् ।
धनकुटा इन्सेक प्रतिनिधि ईश्वर थापाका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख १८ हजार ४ सय २५ जना मतदाता छन् । जसमा महिला मतदाता ५८ हजार ९ सय ४२ जना र पुरूष मतदाता ५९ हजार ४ सय ८३ जना छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार एक ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ४३ हजार ४ सय ८ जना मतदाता छन् । जसमा महिला मतदाता ६६ हजार ८१ जना र पुरुष मतदाता छन् । जिल्लामा अन्य मतदाता छैनन् ।
इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता छन् । जसमा महिला मतदाता १ लाख १२ हजार १ सय ५८ जना, पुरुष मतदाता १ लाख १९ हजार ६ सय ४८ जना र अन्य मतदाता तीन जना छन् ।
झापा स्रोत व्यक्ति नरेश खातीका अनुसार पाँच ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता छन् । जसमा महिला मतदाता ३ लाख ५५ हजार १ सय १८, पुरुष मतदाता ३ लाख ५८ हजार ३ सय ४६ र अन्य मतदाता आठ जना छन् ।
मोरङ इन्सेक प्रतिनिधि विनोद सुवेदीका अनुसार ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ७ लाख ८३ हजार ५० जना मतदाता छन् । जसमा महिला मतदाता ३ लाख ८३ हजार ३ सय ५७ जना, पुरुष मतदाता ३ लाख ९९ हजार ६ सय ८६ जना र अन्य मतादाता सात जना छन् ।
सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवका अनुसार चार ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ लाख ८० हजार ९ सय ४५ जना मतदाता छन् । जसमा महिला मतदाता २ लाख ८६ हजार ६ सय ९१ जना, पुरुष मतदाता २ लाख ९४ हजार २ सय ५२ जना र अन्य मतदाता दुई जना छन् ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ लाख ३० हजार ५ सय ७३ जना मतदाता छन् । जसमा महिला मतदाता १ लाख १३ हजार ५ सय २८ जना, पुरुष मतदाता १ लाख १७ हजार ४३ जना र अन्य दुई जना मतदाता छन् ।