आन्दोलनको क्रममा गत भदौ २४ गते तुलसिपुर कारागारबाट भागेका ६९ जना कैदी अझै फरार रहेका छन् ।
कारागार तोडेर भागेका कुल २ सय ५३ कैदी मध्ये १ सय ७३ जनालाई विभिन्न ठाउँबाट गिरफ्तार गरिएको तुलसिपुर कारागारका जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।
फरार कैदी मध्ये एक जनाको नेपालगन्जमा मृत्यु भएको, १ सय ७३ जनालाई गिरफ्तार गरिएको र अझै ६९ जना फरार रहेको जेलर सेजुवालले जानकारी दिनुभयो । फरार रहेकाहरुको खोजी भइरहेको कारागार कार्यालय तुलसिपुरले जनाएको छ ।