INSEC Online

📅 २०८३ जेष्ठ २१

म्याग्दीका आठ मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थल अति संवेदनशील र २९ मतदान स्थल संवेदनशील रहेको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार जिल्ला भित्र कुल ८२ स्थानमा १ सय २० मतदान केन्द्र रहेको र त्यस मध्ये आठ मतदान स्थललाई अति संवेदनशील, २९ स्थललाई संवेदनशील र अन्य मतदान स्थललाई सामान्य मतदान स्थलका रुपमा बर्गीकरण गरिएको छ । आचार्यका अनुसार सुरक्षा संवेदनशीलताका हिसाबले हेर्दा अहिले पछिल्लो बर्गीकरण अनुसार यस्तो अवस्था आँकलन गरिएको भए पनि सुरक्षा संवेदनशीलता अनुसार परिवर्तन हुन सक्छ ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार आम निर्वाचन ०७९ मा ४२ हजार ५५ पुरुष, ४४ हजार ४ महिला र एक जना अन्य गरी ८६ हजार १ सय २० जना मतदाता मतदानका लागि योग्य थिए । बसाइ सराइ गरेर गएका, नाम दोहोरिएका र मृत्यु भएर हटेकाहरु हटाएपछि ०८२ कात्तिक १६ गते सम्म १८ वर्ष पूरा भएका पुरुष ४१ हजार १ सय ७४ र महिला ४३ हजार ३ सय ४५ र अन्य एक जना गरी कुल ८४ हजार ५ सय २० जना मतदाता रहेका छन् ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो