११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ का ६५ वर्षीय रामशंकार चौधरीलाई ०८२ पुस २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, भजनीका इन्स्पेक्टर खगेन्द्रबहादुर साउदले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिने तयारी भइरहेको इन्स्पेक्टर साउदले बताउनु भयो ।