१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका—९ का २१ वर्षीय दुर्गबहादुर घर्तीमगरलाई ०८२ पुस २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई पुस १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण पुस २३ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।