विराटनगर मनपा–८ बलुवाइकी १० वर्षीया बालिका रूपमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
माघ १३ गते हत्या गरेर खोलामा फ्याकेको अवस्थामा बालिकाको शव फेला परेको थियो । माघ १२ गते राति ८ बजे बालिकालाई मुख थुनी घरदेखि पर लगेर बलात्कारपछि हत्या गरेको आरोपितहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए ।
छिमेकमा घर भएका आरोपितहरूले घरबाट निस्किएकी बालिकालाई बाटोमा एक्लै देखेपछि बोकेर लगेर बलत्कारपछि घाँटी थिचेर हत्या गरेको एसपी केसीले बताए ।
लागुऔषध र मदिरा सेवन गरेका उनिहरूले हत्यापछि पनि बालिकालाई बलत्कार गरेको बताएको प्रहरीले जनायो ।
शवलाई पानीमा हालेका कारण प्रहरीले संकलित प्रमाणहरू परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाएको छ ।