INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका त्रियुगा नगरपालिका–६ लालपत्ताका ४५ वर्षीय रामबहादुर बिकविरूद्ध पीडित परिवारले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको पीडित परिवारको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १८ गते जिल्ला अस्पतालमा भयो । गिरफ्तारीमा परेका बिकलाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रकृया थालिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

अन्य

भिडियो