आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देहीमा १ सय ३० ओटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार निर्वाचन स्थलको सुरक्षा विश्लेषण गरिए अनुसार १ सय ३० ओटा अति संवेदनशील, ७८ ओटा संवेदनशील र पाँच ओटा मतदान स्थल समान्य सूचीमा रहेका छन् ।
यसैगरी रुपन्देहीमा यस वर्ष ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् । जसमध्ये ३ लाख २६ हजार ३ सय ११ जना महिला र ३ लाख ४६ हजार २ सय ३ जना पुरुष मतदाता रहेका छन् भने नौ जना अन्य मतदाता रहेका छन् ।
जबकी अधिल्लो निर्वाचनमा रूपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता थिए । जसमध्ये ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११ महिला र आठ जना अन्य मतदाता रहेका थिए ।
जिल्लामा प्रतिनिधि सभा तर्फ पाँच वटा क्षेत्र र प्रदेश सभा तर्फ १० वटा क्षेत्र रहेका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबै भन्दा धेरै मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् भने सबै भन्दा कम क्षेत्र नम्बर ४ मा रहेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा १ लाख ४६ हजार आठ सय २४ जना मतदाता रहेका छन भने क्षेत्र नं २ मा १ लाख ३५ हजार ५० जना मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा १ लाख ४० हजार ३५ जना मतदाता रहेका छन् ।
त्यसैगरी क्षत्र नं.४ मा १ लाख १६ हजार १ सय ७२ जना मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं. ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले बताउनुभयो ।
रुपन्देहीमा आमागी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि २ सय ९ मतदान स्थल,७ सय ३२ मतदान केन्द्र र पाँच निर्वाचन क्षेत्र तोकिएको छ ।
अघिल्लो निर्वाचनमा रुपन्देहीमा जम्मा ७ सय २ मतदान केन्द्र तोकिएका थिए । गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ५ सय ९८ मतदान केन्द्र र २ सय ८ मतदान स्थल रहेका थिए । भने अहिले मतदान केन्द्र थपिएर ७ सय ३२ पुगेको छ भने २ सय ९ मतदान स्थल र अस्थायी पाँच गरी जम्मा २ सय १३ ओटा मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।