आन्दोलनका क्रममा भदौ २४ गते नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि ३१ महिला र १ सय ५३ जना पुरुष गरी १ सय ८४ जना फिर्ता हुन बाँकी रहेको जिल्ला कारागारका सूचना अधिकारी रमेश नेपालले बताउनु भयो । आन्दोलनको क्रममा ५ सय ४६ जना कैदीबन्दीमध्ये कारागार तोडफोड गरी भागेका मध्ये ४३ महिला र ३ सय १० जना पुरुष गरी ३ सय ५३ जना फिर्ता भइसकेका छन् ।
भागेका ४१ जना भारतीय कैदीबन्दीमध्ये ३५ पुरुष र तीन महिला गरी ३८ जना फिर्ता हुन बाँकी रहेको पनि सूचना अधिकारी नेपालले बताउनु भयो ।
जिल्ला कारागारमा १ सय ५० जना पुरुष र २५ जना महिला गरी १ सय ७५ जना कैदीबन्दीको क्षमता रहेकोमा हाल ३ सय ३९ जना पुरुष र ५५ महिला गरी ३ सय ९४ जना कैदीबन्दी रहेका छन् । जसमा महिलातर्फ कैदी ४३ जना र बन्दी १२ जना रहेका छन् भने पुरुषतर्फ २ सय ६८ कैदी र ७१ बन्दी रहेको सूचना अधिकारी रमेश नेपालले जानकारी दिनुभयो ।
कारागारमा पिउने पानीको समस्या रहेको, कारागारमा खानेपानीको एउटा पनि धारो नभएको, लामो समयदेखि जारको पानी किनेर खुवाउनु परेको इन्सेक प्रतिनिधिसँग बताए । सफा खानेपानीको धारो जडान भए धेरै स्वास्थ्य समस्या कम हुने पनि उनले बताए ।