१४ वर्षीया बालिकालाई ०८२ पुस १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–४ गवुवाका ३० वर्षीय अजय तामाङलाई पुस १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ पुस १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १६ गते इलाका प्रहरी कार्र्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १६ गते गरिएको छ ।