INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितको घरमा आगजनी गरेको आरोपमा गिरफ्तार

बहुदरमाई नगरपालिका– २ सिसियाडी टोलमा ०८२ मंसिर २७ गते २२ वर्षीय कविर पासवानको घरमा आगजनी गरेको आरोपमा सोही ठाँउका ६० वर्षीय भुवाली प्रसाद यादवलाई पुस १२ गते  गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

बाटो विस्तारको क्रममा विवाद हुँदा पासवानको  घरमा आगजनी गरेको घटनाका आरोपित मध्ये यादवसहित चारजनाविरुद्ध पीडितले सोही दिन उजुरी दिएको इन्स्पेक्टर प्रदिप पौडेलले बताउनु भयो । अन्य अभियुक्तहरुको पनि खोजीकार्य भइरहेको इन्स्पेक्टर पौडेलले बताउनु भयो ।

घटनाको दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, आयोगका प्रवक्ता सुन्दर कुर्कुटी, नेपाल दलित सञ्जाल पर्सा अध्यक्ष परमानन्द राम र दलित फाउण्डेशनका सुरेन्द्र पासवान सहितको संयुक्त टोलीले  स्थलगत अनुगमन गरेको इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीले जानकारी दिनुभयो ।

तुलसी भण्डारी

अन्य

भिडियो