INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बौद्धिक अपाङगता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला कुशादेवी गाउँपालिका–७ स्थायी घरभई बुटवल उपमहानपा–१७ रानीगञ्ज बस्ने अटोरिक्सा चालक प्रकाश घिमिरेलाई ०८२ पुस १२ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस १२ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो