सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा मिथिला नगरपालिका–१ का २२ वर्षीय रमेश शर्मालाई २०८२ पुस १३ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ।
१६ वर्षीया बालिकाको सामाजिक सञ्जालमार्फत अश्लिल तस्विर राखेर चरित्र हत्या गरेको भन्दै ०८२ कात्तिक ८ गते पीडित परिवारले उजुरी दिएको डिएसपी गणेश बमले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।