INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार घटनाका आरोपितहरु गिरफ्तार

कुशे गाउँपालिका–१ का २१ वर्षीय निमेश थापालाई चोरी गरेको भन्दै ०८२ पुस १३ गते  कुटपिटसँगै जुत्ताको माला र मोसो दलेको आरोपमा प्रहरीले नौ जनालाई सोही दिन साँझ गिरफ्तार गरेको छ ।

गाडीका पार्टपुर्जा तथा सामान चोरी गरेको आरोपमा कुशे गाउँपालिका–१ तारेचौर स्थित सार्वजनिक स्थानमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुशे गाउँपालिका–३ का २५ वर्षीय कर्ण बस्नेत, पुर्ण दमाई, वडा नम्बर १ का २५ वर्षीय शेरबहादुर चलाउने, चन्द्रबहादुर चलाउने, दिपक चलाउने,  वडा नम्वर ४ का ३३ वर्षीय जनक जैसी, जिवन जैसी, वडा नम्वर ६ का २१ वर्षीय दिपक सिंह, बम काजी गरी नौ जनालाई गिरफ्तार गरेको हो । पीडितले दिएको जाहेरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरेर अभद्र व्यवहारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण पुस १३ गते जिल्ला अस्पताल जाजरकोटमा गरिएको छ ।

बासुदेव शर्मा

अन्य

भिडियो