INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट गर्ने आरोपितविरुद्ध उजुरी

 

दाइजोको निहुँमा मानसिक यातना दिइ कुटपिट गरेको आरोपमा सहिदनगर नगरपालिका–५ की २४ वर्षीया राधिका देवी दासले २६ वर्षीय पति उपेन्द्र दासविरुद्ध २०८२ पुस ११ गते जिल्ला अदालत धनुषामा घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराएकी छन्।

२०८२ असार ८ गते विवाहमा १० लाख रुपियाँ दाइजो दिएपनि थप दाइजोको माग गर्दै पतिले पटक–पटक मानसिक यातना दिने र कुटपिट गर्दै आएको पीडितको भनाइ छ । पीडित महिलाले आफू असुरक्षित भएको भन्दै न्यायिक प्रक्रियामा सहयोग गरी दिन भनी सम्पर्कमा आएपछि इन्सेकको पहलमा कानुनी उपचारका लागि अदालतमा मुद्दा दर्ता गराएको इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवलाई बताउनु भयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो