INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

४२ वर्षीया पीडित महिलाको आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ पुस १० गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिनु हुन भनी ०८२ पुस ७ गते  निवेदन दिनु भयो ।

०८२ जेठ १३ गते बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका–३ स्थित गणेश चौकका ४१ वर्षीय भुपेन्द्र कुमार महतोविरुद्ध पीडित पक्षले ०८२ असार २ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको डिएसपी सरोज राईले बताउनु भयो । आरोपित महतो हालसम्म फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८२ असार २ गते सर्लाही जिल्ला अस्पतालमा भयो ।

 

बुधन साह

अन्य

भिडियो