राप्ती नगरपालिका–६ पढरियाकी ५० वर्षीया रूपा थापाको हत्या भएको छ । माघ १३ गते राति थापाको घरमा प्रवेश गरी अज्ञात पक्षले खुकुरी प्राहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको निधार र टाउकोमा चोट लागेको छ । महिलाको हत्या गरेको ठाँउमा खुकुरी समेत फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
रातको समयमा घरमा एक्लै भएको बेलामा उनको हत्या गरेको प्रहरीको भनाई छ । घटनामा संलग्नको पहिचान गरी कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।