INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खावा-५ धाराखामका २४ वर्षीय युसन राईलाई असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असोज १० गते युसन र सोही ठाउँका २२ वर्षीय सुनिलहाङ राई र २० वर्षीय शिवराज राईले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज ११ गते प्रहरीमा उजुरी दिएको थियो ।

आरोपित सुनिलहाङ राई र सिवराज राई भने फरार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राधाप्रसाद पराजुलीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो