INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १५ गते गुलरिया नपा–१ खैरापुरका ३२ वर्षीय रूपलाल बिकलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यदुराज शर्माले बताए ।

पीडित महिलालाई आरोपितले ०७३ फागुन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको  स्वास्थ्य परीक्षण फागुन ३० गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको थियो । प्रहरीले आरोपितलाई फागुन ३० गते गिरफ्तार गरेकोमा  जिल्ला अदालतको ०७३ चैत २१ गते आदेश अनुसार पुर्पक्षका लागि कारागारमा रहेका थिए ।

अन्य

भिडियो