INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपितद्वारा कारागारमा झुण्डिएर मृत्यु

पत्नीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कालिञ्चोक गाउँपालिका–५ का २४ वर्षीय च्याङा शेर्पाले माघ १५ गते राति चरिकोट कारागार भित्र भुण्डिएर आत्महत्या गरेका छन् ।

२७ वर्षीया पत्नी लक्की भनिने सकिनी शेर्पालाई कर्तव्य गरी हत्या गरेको अभियोगमा प्रहरीले गत पुस २० गते शेर्पालाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको माघ १५ गतेको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । शेर्पाले कारागार भित्रै शौचालयको झ्यालमा जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी बासुदेव पाठकले जानकारी दिए ।

राति साँढे १२ बजे शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारले हात्महत्या गरेको कुरा स्वीकार नगरेकाले शव बुझेका छैनन् । शव चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो