INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका–४ की २३ वर्षीया बेबी कुमारी महतोलाई ०८२ मंसिर १७ गते पति २४ वर्षीय सुवास कुमार महतो र नन्द १५ वर्षीया बबिता कुमारी महतोले थप दाइजोको निहुँमा कुटपिट गरेको गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बरहथवामा पुस ३ गते उजुरी दिनु दिएकी छन् ।
कुटपिटका कारण घाइते भएकी पीडितको उपचार मंसिर १८ गतेदेखि २० गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।
विवाहमा १ लाख रुपियाँ नगद र चार आना तोला सुन दिएको भएपनि पटक पटक थप दाइजोको लागि शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितकी आमा भिखीया देवी महतोले बताउनु भयो ।
घटना पश्चात आरोपितहरू फरार रहेकोले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भटराईले जानकारी दिनु भयो ।
बुधन साह

अन्य

भिडियो