INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–१० का ४५ वर्षीय कारी यादवलाई माघ १४ गते इलाका प्रहरी कार्यालय गोलबजारले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले काम लगाइदिन्छु भन्दै माघ ६ गतेदेखि माघ ८ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ १३ गते उजुरी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ १३ गते गरिएको छ ।

अन्य

भिडियो