INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसापीडित महिलालाई न्यायिक प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी हिंसापीडित महिलालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनले मङ्सिर २८ गते तुलसीपुर उपमहानगरपालिकाकी ५६ वर्षीया एक बलात्कार पीडितलाई १० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको हो ।

०८२ मङ्सिर १६ गते बलात्कारमा परेपछि पीडित पक्षले मङ्सिर २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले बलात्कारको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१६ का ६० वर्षीय रुपलाल डाँगीलाई मङ्सिर २१ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

आर्थिकरुपले समस्या परेकी बोल्न नसक्ने ती पीडितलाई न्यायिक प्रक्रियामा जान थोरै भएपनि सहजता होस् भनेर रकम उपलव्ध गराइएको इन्सेकले जनाएको छ ।

जयनारायण पुन

अन्य

भिडियो