INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०८२ मंसिर २९ गते बुटवलमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २९ गते बुटवलमा आयोजना गरेको कार्यक्रममा सन् २०२५ डिसेम्बर १४ सम्ममा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । रुपन्देहीमा उक्त अवधिमा ५ सय ४० ओटा घटनाहरू अभिलेख गरिएको उहाँले बताउनु भयो । जस्मा बालबालिका सम्बन्धी बलात्कारका ३०, यौन दुव्र्यवहारका १८ गरी जम्मा ४८ ओटा, महिला अधिकारसम्बन्धी बलात्कार १३ र बलात्कार प्रयास १० गरी जम्मा २३ ओटा रहेका छन् । मानव बेचविखन तथा ओसार पसारका चार, पारिवारिक हत्या तीन, हत्या ६, जातिय छुवाछुतका तीन, विद्युतीय अपराधका सात, कुटपिटबाट एक जना र घरेलु हिंसाबाट ४ सय ४५ जना पीडित भएका छन् ।

यो अवधिमा हिंसामा परियो भनेर १८ जना पुरुषहरु पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेलले इन्सेकले मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरुका विषयमा समग्र अवस्था समेटेर महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरेको बताउदै मानव अधिकार क्षेत्रमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी इन्द्र बहादुर रानाले इन्सेकले जिल्लामा मानव अधिकारको सवालमा वाचडगको रुपमा काम गरिरहेको बताउदै इन्सेकले प्रस्तुत गरेको सुझाव सहितको समीक्षा प्रतिवेदन महत्वपूर्ण भएको बताउनुभयो । डिएसपी रानाले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आफूहरु सधै संवेदनशील भएर काम गरिरहेको बताउनु भयो । बुटवल क्षेत्रको जनघन्त्व बढी भएकाले प्रहरीले एक्लै कहिल्यै काम गर्न सक्दैन नागरिकको सहयोग भएमा सबै काममा सहकार्य गर्न सकिन्छ । नागरिकको सहयोग विना प्रहरीले मात्र काम गर्न समस्या रहेकाले सबैको सहकार्य महत्वपूर्ण रहेको बताउनु भयो ।

उच्च अदालत बारका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले अधिकारको कुरा र कर्तव्यलाई सँगसँगै लैजान सकेमा मानव अधिकारको हनन नहुने बताउदै पछिल्लो समय हामीहरु अराजक बन्दै गएको बताउदै प्रहरीमा आउने अधिकांश मुद्दाहरु सबै पीडित नभएको बताउनु भयो । संविधानले निःशुल्क शिक्षा भनेको भएपनि कुनै ठाउँमा निःशुल्क शिक्षा नभएको बताउदै शिक्षाका नाममा ११ र १२ कक्षामा १ हजार २८ घण्टा पढाउनुपर्छ भनेपनि त्यस्तो हुन नसकेको यस्ता विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनुभयो ।
निःशुल्क शिक्षाको नाममा नागरिकहरुबाट विभिन्न नाममा ठगिएकोले यस्ता विषयलाई नेपाल मानवअधिकार वर्ष पुस्तकमा समेटनुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत आशिष श्रेष्ठले मानव अधिकारमैत्री संस्कारको विकासका लागि सक्रिय भएर अगाडी बढनुपर्ने बताउनु भयो । मानव अधिकारको सवालमा इन्सेकसँग सहकार्य गर्दे अगाडी बढेको बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण पोखरेलले मानव अधिकारको संस्कृति विकासका लागि राजनीतिक दलहरु पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रमहरु सही तरिकाले कार्यान्वयन गर्न सकेमा मानव अधिकार उलंघनका गुनासाहरु कम हुने र पछिल्लो समयमा जेनजी आन्दोलनपछि देशमा असुरक्षाको वातावरण बन्दै गएको बताउनु भयो । कैदी बन्दीहरु भागेको, हरियार लुटिएको अवस्थामा मानव अधिकारको महसुस गर्न गाह्रो हुनेमा चिन्ता व्यक्त गर्नु भयो ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष तेज कुमार पाठकले मानव अधिकारले इ रिक्साले गर्ने बाटो बन्दका विषयमा पनि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले दररेट र रुटको व्यवस्थापन गर्नुपर्ने बताउदै छाडा चौपायाहरु, कुकुरहरु चुनौतीको विषय बनेकाले यस्तो सवाललाई पनि ध्यान दिनुपर्ने बताउनु भयो । विषादीको जथाभावी प्रयोगले उपधोक्ताहरु धेरै मर्कामा परेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा अधिकारकर्मी राधा अधिकारीले तथ्याङ्कमा बलात्कारको घटनाहरु डरलाग्दो भएकोले यसको कारण के हुनसक्छ । यस्तो विषयमा राज्य गम्भीर रहनुपर्ने बताउनु भयो । उहाँले अहिले पनि दिवा खाजाको रुपमा जंगफुडको प्रयोग भइरहेकोले यस्तो विषयमा इन्सेकले काम गर्नुपर्ने सुझाव दिनुभयो ।

अधिवक्ता दिपा सुनार जातिय छुवाछुतका मुद्दाहरु धेरै छन् दर्ता गर्नै समस्या छ । यस्ता विषयमा प्रहरीले किन जाहेरी नलिएको हो तर हुलाकबाट पठाएपछि किन दर्ता हुन्छ । समाजमा भएका घटनाहरु अदालतसम्म पुग्न नसक्ने बताउनु भयो ।

कार्यक्रममा दलित महिला संघका अध्यक्ष मनु खडका, उपभोक्ता अधिकारकमी समुद्र जि.सी, पुनम रजाली लगायतले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै यसको निरन्तरता र मानव अधिकार शिक्षाका कार्यक्रमहरुलाई बढाउन सुझाव दिनुभयो ।

रीमा बि.सी.

अन्य

भिडियो