INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २२ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–१ का ६८ वर्षीय बाबुलाई २२ वर्ष कैदको सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको मङ्सिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २२ वर्ष कैद, ७ लाख ४० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई वैशाख १३ गते घरबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण बैशाख १३ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो