INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारबाट फरार कैदी विराटनगरबाट गिरफ्तार

सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा रहेको क्षेत्रीय कारागारबाट झुम्काबाट जेनजी आन्दोनलनका क्रममा ०८२ भदौ २४ गते फरार भएका एक जना कैदीलाई प्रहरीले विराटनगरबाट गिरफ्तार गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ५ का २८ वर्षीय पप्पुकुमार यादवलाई ०८२ मङ््सिर २४ गते विराटनगरको रानी भेडीयारी क्षेत्रबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कोपिला चुडालले बताउनु भयो ।

कर्तव्य ज्यान मुद्दामा २४ वर्ष कैद सजाय तोकिएका यादव भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

कानुनी प्रक्रिया पुरा गरी यादवलाई झुम्का कारागारको जिम्मा दिने प्रहरीले जनाएको छ ।

 

 

विनोद सुवेदी

अन्य

भिडियो