१३ वर्षीया बाालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ कपलेश्वरका ३५ वर्षीय सञ्जीव महासेठलाई जनकपुरधामबाट र सोही पालिका–३ का ४५ वर्षीय शिवशंकर शाहलाई भारतको बिहारस्थित सीतामढीबाट भारतीय प्रहरीको समन्वयमा ०८२ मंसिर २३ गते गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका–३ का ४८ वर्षीय मनोज शाहलाई भने मंसिर ११ गते काठमाडौंबाट गिरफ्तार गरिसकेको प्रहरीले बताएको छ ।
आरोपितहरूले बालिकालाई कात्तिक २२ गते जनकपुरको जनक चौकस्थित भिमान होटलमा बन्धक बनाइ राखी पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।