INSEC Online

📅 २०८३ जेष्ठ २१

दृष्टिविहीन बालकलाई विद्यालयमा थुनेर यातना दिएको आरोप

जुगल गाउँपालिका–४ घरभई चौतारा सागाचोकगढी नपा–५ स्थित बनदेवी मावि, चौतारामा अध्ययरत दृष्टिविहीन ११ वर्षीय कर्म तामाङलाई सोही विद्यालयकी शिक्षिका सावित्री सिल्वालले माघ ९ गते दिउँसो कार्यालय कोठामा थुनेर तीन घण्टा सम्म यातना दिएको पीडित पक्षको आरोप छ ।

दिउँसो २ः३० बजे बाट अफिसकोठामा ताला लगाएर बन्द गरी थुनेर राखेपछि पीडित बालकले बेलुकी ६ बजेपछि चिच्याए कराएपछि आपूले थाहा पाएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर कार्कीले बताए ।

आफ्नो विद्यालयका विद्यार्थीलाई शिक्षकले अफिस कोठामा ताला लगाएर थुनेर यातना दिएको जानकारी पाएपछि इन्सेक जिल्ला प्रतिनिधि, पत्रकार र जिल्ला प्रहरी कार्यलयमा प्रधानाध्यापक कार्कीले फोन गरी जानकारी गराएका थिए ।

प्रअबाट जानकारी पाएपछि सबैपक्ष विद्यालयमा उपस्थित भएका थिए । सबैको उपस्थितिमा शिक्षिकाले लगाएको ताला फोरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविण घलेको नेतृत्वमा बन्धक रहेका विद्यार्थीलाई उद्धार गरेका थिए ।

विद्यार्थीलाई कोठामा ताला लगाइ यातना दिने शिक्षिकालाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा माघ ९ गते उपस्थित गराएको थियो ।

आफूले गल्ती गरेको स्वीकार गरेपछि प्रहरीले गिरफ्तार गरेका शिक्षिकालाई सोही दिन तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो