INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–१२ का २५ वर्षीय गुमबहादुर तामाङलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते १ सय रुपियाँ दिएर फकाइ बलात्कार गरेको पीडितपक्षको आरोप छ  । पीडितपक्षले माघ ६ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ६ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र लर्नालले बताए ।

अन्य

भिडियो