संसद भवनबाहिर माघ ८ गते प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारी घाइते भएका छन् । झडपको क्रममा उनीहरुलाई चोट लागेको केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए।
नेविसङ्घका महामन्त्री काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा झडप भएको हो। निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई रोकेको थियो। प्रदर्शनकारीले दुई सरकारी गाडी तोडफोडसमेत गरेका छन्।
अनसनरत डा गोविन्द केसीको पक्षमा उनीहरुले नाराजुलुस गरेका छन् । प्रहरीको लाठीबाट महामन्त्री काफ्ले र उपाध्यक्ष अधिकारीलाई चोट लागेको केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए। समाचार साभारः नेपाल लाइभ