INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर माघ ८ गते एक व्यक्ति घाइते भएका छन् ।

गोङ्गबुस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

उनका अनुसार तामाङको साथबाट एक थान चिनीया पेस्तोल र ६ राउण्ड गोली बरामद गरिएको छ । गोडामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

अन्य

भिडियो