INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर कारागारबाट भागेका एक जना कैदी  गिरफ्तारी

आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका ३२ वर्षीय तिर्थफल परियार गिरफ्तार भएको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिमराज बिकले जानकारी दिनुभयो । परियारलाई खोजी गर्ने क्रममा मंसिर १९ गते घरबाटै गिरफ्तार गरेको प्रहरी निरीक्षक बिकले बताउनुभयो ।

परियार जबरजस्ती करणी मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन् । गिरफ्तारपछि परियारलाई बाँकी सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभएको छ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा तुलसीपुर कारागारको मुल गेट तोडफोड गरेर २ सय ५३ जना कैदीबन्दी भागेका थिए ।

जयनारायण पुन

अन्य

भिडियो