INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक सशक्तिकण गर्न सकेमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्ति पुर्नरस्थापना केन्द्र, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानपा–९ को कार्यालय र प्रौढ समाज रुपन्देहीको संयुक्त आयोजनामा ०८२ मङ्सिर २१ गते बुटवलमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानपा– ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले लैङ्गिक हिंसा गरिबी र सचेतनाको कमी भएका कारण हुने भएकाले यसलाई रोक्नका लागि आर्थिक सशक्तिकरण महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका असई प्रतिभा कुँवरले लैङ्गिक हिंसाको समग्र अवस्था, स्वरुप र उजुरी गर्ने तरिका, सजायका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी.ले लैङ्गिक हिंसाको अवस्था, लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन तहका सरकारको भूमिका, लैङ्गिक हिंसा जिल्ला र प्रदेशको अवस्था, त्यसको महत्व र यसको प्रयोग लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला सदस्य इन्द्रिरा ज्ञवालीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अत्यन्तै महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमहरु समन्वय गरेर अगाडी बताउदै जाने बताउनुभयो ।

कार्यसहभागीको तर्फबाट तिनाउ टोल विकास संस्थाका प्रतिनिधि रुपा भण्डारीले कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएकोले यस्ता जानकारी मुलक र चेतना मूलकार्यक्रमहरु आगामी दिनमा पनि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मञ्जु पाण्डे, रुपा बस्याल, श्याम पाण्डे लगायतले कार्यक्रम महत्वपूर्ण रहेकोले यसको निरन्तरता हुनुपर्ने जोड दिनुभयो ।

कार्यक्रम बुटवल उपमहानपा– ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षता, शान्ति पूर्नरस्थापना गृह रुपन्देहीका सुपरभाईजर अन्जु चौधरीको स्वागत तथा चन्द्रकुमारी महत्तोको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

रीमा बि.सी.

अन्य

भिडियो