आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा ७४ स्थानमा १ सय ३९ मतदान केन्द्र निर्धारण गरिएको छ ।
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा निर्धारण गरिएका मतदानस्थललाई नै आधार बनाएर यस पटक पनि ७४ स्थानमा १ सय ३९ मतदान स्थल निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।
जिल्लामा ८ हजार ५७ मतदाता थपिदा ५५ हजार ४ सय ८६ महिला र ५१ हजार ८ सय १४ पुरुष गरी १ लाख ७ हजार ३ सय मतदाता छन् ।