१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–६ तिलौरीका युट्युबमा भाइरल टुरिस्ट गाइड २० वर्षीय राहुल मल्लाह साहनीलाई ०८२ मङ्सिर १६ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ ।
आरोपितले कपिलवस्तु नगरपालिका –३ तिलौराकोट दरबारमा घुम्न गएकी बालिकालाई मङ्सिर १४ गते बलात्कार गरेको भनी पीडितले मङ्सिर १५गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।