INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत बालिकाको परिवारलाई ०८२ मङ्सिर १७ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत प्रदान गरिएको हो ।

पीडित बालिकाको परिवारले न्यायीक प्रकृयामा सहयोग गरिदिन तथा आर्थिक सहायता गरीदिन भन्दै मङ्सिर १७ गते इन्सेक धनुषा प्रतिनिधिलाई निवेदन दिएको थियो । जनकपुरस्थित आवर संसारको समन्वय र पीडितले दिएको निवेदनको आधारमा सोही दिन इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

बालिकालाई मङ्सिर १३ गते बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका–५ का ६७ वर्षीय रामभगत शाहलाई सोही दिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गिरफ्तार गरेको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो