INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित परिवारले कर्जन्हा नपा–१० का ३८ वर्षीय असरफ शेखविरूद्ध इलाका पहरी कार्यालय मिर्चैयामा माघ २ गते उजुरी दिएका छन् ।

पीडित परिवारका अनुसार पीडित युवतीलाई आरोपितले पुस ३० गते अपहरण गरी बलात्कार गरेका थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ १ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको मौखिक जानकारी माघ १ गते नै आएकोले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

अन्य

भिडियो