INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गते बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–५का २३ वर्षीय खगेन्द्र गैह्रे सार्कीलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयकुमार सिंहले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २ गते नै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा  गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो