INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनामा दोषी ठहरिएका आरोपित १० वर्षपछि गिरफ्तार

१७ वर्षीया कल्पना खनाल बालिका लाई सामूहिक बलात्कार गरेको अभियोगमा दोषी ठहरिएका तुलसीपुर उमनपा–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई प्रहरीले १० वर्षपछि माघ ३ गते गिरफ्तार गरेको छ ।

०६५ चैत १२ गते आफन्तकोमा गएकी बालिका नेपाल बन्द भएपछि पैदल घोराही फर्कँदै गर्दा  चौधरीसहित आठ जनाले बलात्कार गरेका थिए ।

पीडित बालिकाको उपचारको क्रममा घटनाको ८४ दिनपछि मृत्यु भएको थियो । प्रहरीले घटनालगत्तै फरार रहेका आरोपित गिरफ्तार भएपछि माघ ४ गते विज्ञप्ति प्रकाशन गर्दै कारागारमा बुझाएको जनाएको छ ।

प्रहरीले सामूहिक बलात्कार सम्वन्धि मुद्दा चलाएकोमा सर्वोच्च अदालतले ०७२ फागुन ३० गते ९ वर्ष ११ महिना २ दिन कैद तथा ५० हजार रुपिँया क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

घटनामा अदालतले दोषी ठहर्‍याएका अन्य ६ जनाले कैद भुक्तान गरिसकेका छन् भने दोषी ठहर गरिएका मोहन पुन अझै फरार रहेको प्रहरीले जनाएको छ  ।

अन्य

भिडियो