आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३ सय ४० जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नयाँ मतदाता थपिएसँगै जिल्लाको कुल मतदाता सङ्ख्या ४ लाख २१ हजार ३ सय ९२ पुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठले बताउनु भयो ।
मतदान स्थल, मतदान केन्द्र के कति रहने भन्ने टुङ्गो लागिसकेको छैन । चितवनमा पछिल्लो समय कुनै पनि पार्टीको राजनीतिक गतिविधि भएको छैन । जिल्लामा हुन सक्ने सम्भावित असुरक्षालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताउनु भयो ।