आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरमा २७ हजार नयाँ मतदाता थप भएका छन् । जिल्लामा २ लाख ५१ हजार २ सय १२ जना मतदाता रहेकोमा २७ हजार नयाँ मतदाताले नाम दर्ता गरेकोमा उनीहरुको विवरण अद्याबधिक गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लामा तीनवटा निर्वाचन क्षेत्र, १ सय ३१ मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् ।
बिगतमा भएका मतदानमा उल्लेख गरिएको मतदान स्थलभन्दा मतदातालाई पायक पर्ने गरी ती मतदान स्थल थप गरिएको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय तहहरुको सिफारिसमा जिल्ला निर्वाचन कार्यालय ललितपुरले निर्वाचन आयोगमा मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।