INSEC Online

📅 २०८३ जेष्ठ २२

दाङमा नौ मतदान स्थल थप गर्न सिफारिस

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा नौ वटा नयाँ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।

मतदातालाई घण्टौसम्म हिडेर मतदान गर्न जानुपर्ने वाध्यता भएकाले स्थानीय तहहरुको सिफारिसमा प्रदेश निर्वाचन कार्यालय दाङले निर्वाचन आयोगमा मतदानस्थल थप गर्न सिफारिस गरेको हो । निर्वाचन कार्यालयकाअनुसार दाङको विकट क्षेत्र मानिने गढवा गाउँपालिकामा १, राजपुर गाउँपालिकामा, लमही नगरपालिकामा २, राप्ती गाउँपालिकामा १, बंगलाचुली गाउँपालिकामा १, दंगीशरण गाउँपालिकामा १ र बबई गाउँपालिकामा ३ वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

मतदाता संख्या, विकटतालगायतको आधारमा स्थलगत निरीक्षण गरेर मतदान स्थल थप गर्न सिफारिस गरिएको लुम्बिनी प्रदेश कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो । नौ मतदान स्थलमा कति मतदान केन्द्र राख्ने भन्ने निर्वाचन आयोगले नै निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । यसअघि दाङमा १ सय ५३ मतदान स्थलमा ४ सय ६५ वटा मतदान केन्द्र थिए ।

 

जयनारायण पुन

अन्य

भिडियो